
किभ–युक्रेनी सेनाले क्रिमियाली शहर साकीनजिकै रहेको सैन्य हवाई अड्डामा मिसाइल आक्रमण गरेको पुष्टि भएको छ । युक्रेनी वायुसेनाका कमाण्डर माइकोला ओलेस्चुकलाई उद्धृत गर्दै युक्रेनिस्का प्राभदा मिडिया आउटलेटले सो घटना बारे शनिबार उल्लेख गरेको छ।
क्राइमियामा रहेको रुसी कमाण्ड पोष्टमा आक्रमण भएको ओलेस्चुकले बताएका छन् ।
शुक्रवार स्थानीय मिडियाले क्राइमियाको साकी र येभपेटोरिया क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताएका छन्। सम्भावित जोखिमका कारण क्रिमियन पुलमा यातायात अस्थायी रूपमा रोकिएको थियो।
साकी एयरफिल्ड ४३ औं स्वतन्त्र नौसेना आक्रमण एभिएसन रेजिमेन्टको आवास क्षेत्र हो।