२८ जेठ २०८३, बिहीबार
सेलाएन सर्लाही घटना

बरहथवामा मृत्यु भएका युवाको शव ३ दिनसम्म पनि घटनास्थलमै

पुस २२, २०८०
काठमाडौं
बरहथवामा मृत्यु भएका युवाको शव ३ दिनसम्म पनि घटनास्थलमै

सर्लाहीको बरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका युवा ३० वर्षीय जयशंकर साहको शव आइवार तेस्रो दिन पनि उठेको छैन । 

विरोध प्रदर्शनका क्रममा शुक्रवार ज्यान गुमाएका युवकको शव घटनास्थलबाट उठाउन आन्दोलनकारी दिएका छैनन् ।

बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको माग गर्दै भएको विरोध प्रदर्शनमा बरहथवा नगरपालिका–६ का साहको मृत्यु भएको हो ।

दोषीलाई कानूनी दायरामा ल्याउनु पर्ने, मृतकका नाममा ५० शय्याको प्रादेशिक अस्पताल बरहथवामा बनाउनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलित पक्षले शव घटनास्थलबाट उठाउन नदिएका हुन् ।

साथै मृतकको सालिक निर्माणलगायतका माग पनि आन्दोलनकारीले राखेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले लोकान्तरलाई जानकारी दिए ।

आन्दोलन नरोकिएपछि स्थानीय प्रशासनले शुक्रवार बेलुका ५ः३० देखि शनिवार बिहान ८ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । पछि आइतवार बिहानसम्मका लागि थपेको थियो । 

शनिवार गृह मन्त्रालयले घटना छानबिनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो भने मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो ।

तर यसपछि पनि स्थानीय सन्तुष्ट भएका छैनन् । मृतकको शव उठाउन दिएका छैनन् ।

बरथहवा नगरपालिका मेयरको घरमा आगजनी गरेपछि गोली चलाइएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता दीपेन्द्र पञ्जियार थारूले लोकान्तरलाई शुक्रवार बताएका थिए । 

स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको उनको भनाइ छ ।


 

salt training

कमेन्ट गर्नुहोस्