०२ साउन २०८३, शनिबार

लक्ष्य प्राप्त नगरेसम्म युद्ध अन्त्य नहुने इजरायलका प्रधानमन्त्रीको घोषणा

पुस २३, २०८०
काठमाडौं
लक्ष्य प्राप्त नगरेसम्म युद्ध अन्त्य नहुने इजरायलका प्रधानमन्त्रीको घोषणा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले आफ्ना सबै लक्ष्यहरू प्राप्त नगरेसम्म  युद्ध अन्त्त नहुने घोषणा गरेका छन् । विशेष गरी हमासको विनाश नभएसम्म गाजामा युद्ध समाप्त नहुने उनको उद्घोष छ ।

'तीन महिनाअघि हमासले हाम्रो विरुद्ध भयानक नरसंहार गरेको थियो,' उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । सरकारले हमासलाई हटाउन युद्धमा जान, हाम्रा बन्धकहरूलाई फिर्ता गर्न र गाजा द्वन्द्व फेरि कहिल्यै नहोस् भनेर सुनिश्चित गर्न निर्देशन दिएको उनले बताए ।

हामीले सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध रोक्न हुँदैन,' नेतन्याहुले भने । उनले हमासलाई कुनै पनि प्रकारको उन्मुक्ति नदिने र दक्षिण र उत्तर दुवैमा सुरक्षा पुनः स्थापना नगरेसम्म लड्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्