
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा २५ दिनदेखि गुफा (कुन्छाम्)मा शान्ति–अहिंसाको प्रार्थनामा सहभागी बौद्ध धर्मावलम्बी ‘लामा’हरू । खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङको आयोजनामा गत मङ्सिर २९ गतेदेखि लामा गुरुसहितका १५० लामा ४५ दिनका लागि गुफा बसेका थिए । तस्वीर : राजकुमार पराजुली/रासस