१० साउन २०८३, आइतबार

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा २ पदको लागि ७ जनाको उम्मेदवारी

पुस २३, २०८०
बुटवल
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा २ पदको लागि ७ जनाको उम्मेदवारी

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुई सिटका लागि सात जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार अन्यमा चार र महिलामा तीन जनाको उम्मेदवारी परेको लोकान्तरलाई जानकारी दिए ।

महिला कोटामा नेकपा एमालेबाट तुलसाकुमारी केसी, गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट विजयालक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।

त्यस्तै, अन्यबाट एमालेका झपेन्द्रबहादुर घर्ती, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी, राप्रपाबाट निरञ्जनकुमार थापा र जनमत पार्टीका बाल गोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएको पाण्डेले जानकारी दिए ।

राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौंदीकोे कार्यकाल सकिन लागेकाले निर्वाचन हुन लागेको हो ।

आगामी माघ ११ गते नयाँ सदस्य छान्नको लागि निर्वाचन हुँदैछ । लुम्बिनीमा ८७ जना प्रदेश सभा सदस्य र २१८ पालिकाका जनप्रतिनिधि गरी ३०५  मतदाता छन् ।

लुम्बिनीमा कुल मतभार ८ हजार ७५३ रहेको छ । जसमा नेकपा एमालेको २ हजार ८१०, कांग्रेसको ३ हजार १७९, माओवादी केन्द्रको १ हजार ३४३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को २६९, नागरिक उन्मुक्ति पार्टी (नाउपा) को २१२, जनता समाजवादी पार्टी (जसपा) को २७३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को २३५, जनमत पार्टीको १५९, नेकपा एकीकृत समाजवादीको ५३, राष्ट्रिय जनमोर्चाको १२९, जनता प्रगतिशील पार्टीको ३८ र स्वतन्त्रको ५३ मतभार छ ।

salt training

कमेन्ट गर्नुहोस्