२९ असार २०८३, सोमबार

उच्च अदालतमा ३९ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

पुस २३, २०८०
काठमाडौं
उच्च अदालतमा ३९ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उच्च अदालतमा नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । 

उच्च अदालत पाटनमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा नवनियुक्त ३९ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो ।

न्याय परिषद्‌को यही पुस १८ गतेको बैठकले उच्च अदालतमा रिक्त ४० पदमध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो । 

उच्च अदालतमा नियुक्त भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहिसकेका छन् भने न्याय सेवा र सरकारी वकिलबाट चार जना अधिकृत न्यायाधीशमा नियुक्त भएका छन् । 

साथै नौ जना कानून व्यवसायीबाट न्यायाधीश नियुक्त भएका हुन् ।

कमेन्ट गर्नुहोस्