
काठमाडौं, १७ असोज — स्यान्डविच खान धेरैलाई मन लाग्छ । हामी यहाँ तपाईंलाई फ्राइड चीज स्यान्डविच बनाउन सिकाउँछौं ।

सामग्री
तेल
मोजारेला चीज ८ वटा
ह्वाइट ब्रेड ८ वटा
चेडार चीज ८ वटा
मरिचको धूलो तीन चिम्टी
लसून र ल्वाङको पेस्ट एक चम्चा
प्याजको धूलो एक सानो चम्चा
मेयोनेज एक चौथाइ कप
नून स्वादअनुसार
ब्रेड क्रम्ब्स आधी कप
विधि
सबभन्दा पहिले एउटा बाउलमा मरिच, लसून, ल्वाङ र प्याज मिसाएर मज्जाले पेस्ट बनाउनुस् ।
त्यसपछि त्यो पेस्टमा मेयोनेज र नून हालेर मिसाउनुस् र ब्रेडको एकापट्टि लगाउनुस् ।
अब ब्रेडको आधी स्लाइसमा यो पेस्ट दलेर अर्को ब्रेडले यसलाई छोप्नुस् । त्यसपछि यसलाई एक समान रूपमा काट्नुस् ।
एउटा ननस्टिक प्यानमा तेल तताएर ब्रेडलाई हल्का फ्राई गर्नुस् ।
तपाईंको फ्राइड चीज स्यान्डविच तयार भयो । अब ससका साथ यसलाई तात्तातो पस्किनुस् ।
एजेन्सी