२६ असार २०८३, शुक्रबार

तराईमा हुस्सु र कुहिरो: चिसोले जनजीवन प्रभावित

पुस २४, २०८०
काठमाडौं
तराईमा हुस्सु र कुहिरो: चिसोले जनजीवन प्रभावित

चिसो बढेपछि तराईको जनजीवन प्रभावित बनेको छ। हुस्सु र कुहिरोसँगै शीत लहरले तराईमा चिसो बढेको हो । दिनभरि लाग्ने हुस्सु र कुहिरोका कारण घाम लाग्न छोडेको छ । 

चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित भएका छन् । आज पनि बिहानैदेखि तराईका अधिकांश ठाउँमा हुस्सु र कुहिरो लागेको छ । 

तराई मधेशका भूभागमा आज बिहानीपख हुस्सु र कुहिरो लागे पनि अपराह्नसम्म क्रमिक सुधार हुँदै जान सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तराई मधेशमा बढेको चिसोले स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्