
नट बोल्ट राम्रोसँग नकसिएका कारण अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएको पत्ता लागेको छ । घटना छानबिन हुँदा विमान बोइङ ७३७ म्याक्स ९ एसको निरीक्षणको क्रममा नट बोल्टहरू खुकुलो रहेको पाइएको बीबीसीले जनाएको छ ।
विमानका बोल्टलाई अझ कडा बनाउन आवश्यक रहेको छानबिनमा संलग्न युनाइटेड एयरलाइन्सले जनाएको छ ।
गत शुक्रवार अमेरिकाको ओरेगनबाट ओन्टारियो गइरहेको अलास्का एअरलाइन्सको विमानमा हावाको प्रेसरले विमानको एक भाग भाँचिएर छुट्टिएको थियो ।
तर विमान सकुशल अवतरण भएको थियो । त्यसपछि युनाइटेड एअरलाइन्सले विमानको निरीक्षण गरेको हो ।