काठमाडौं १७ असोज– एउटै चिन्ह लिएर चुनाव लड्न समसया देखिएपछि एमाले र माओवादी केन्द्रले आ–आफ्नै चुनाव चिन्हमा चुनाव लड्ने भएका छन् ।

एउटै चुनाव चिन्हमा निर्वाचन लड्न निर्वाचन आयोगले दिएको म्याद गुज्रीएका कारण उनीहरुले एउटै चुनाव चिन्हमा लड्न नपाउने भएका हुन् । यसअघि दुइदलबीच एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने अनौपचारिक सहमति भएको थियो ।
एकभन्दा बढी दलले मिलेर चुनाव लड्नका लागि भदौ २७ गतेसम्म निर्वाचन आयोगमा निवेदन दिन आयोगले आह्वान गरेको थियो ।
चुनाव चिन्हको प्राविधिक जटिलताका कारण एमाले र माओवादीले एउटै चुनाव चिन्ह प्रयोग गर्न नपाउन भएका हुन् । अब एमाले उम्मेदवारलाई माओवादीले र माओवादी उम्मेदवारलाई एमालेले भोट हाल्नेछ ।
६०/४० प्रतिसतको अनुपातमा तालमेल गर्नेगरी दुइ पार्टीबीच साझ ५ बजे चुनावी तालमेलको घोषणा हुँदैछ ।