
नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट शुरू हुँदैछ । पुस २८ गतेसम्म चल्ने महाधिवेशन कैलालीको टीकापुरमा महाधिवेशन शुरू हुन लागेको हो ।
महाधिवेशनबाट २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुनेछ ।
महाधिवेशनमा सहभागी हुन देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका केन्द्रीय सदस्य अरुण कुमार चौधरीले जानकारी दिए ।
नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् ।