
तेस्रो ओडीआई खेलमा श्रीलंकाले जिम्बाबेलाई ८ विकेटले हराएको छ । योसँगै तीन खेलको सिरिज श्रीलंकाले २-० ले जितेको छ ।
जितको लागि ९७ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले १६.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका कुशल मेन्डिस ५१ बलमा ९ चौका र १ छक्कासहित ६६ रनमा नट आउट रहे ।
जिम्बाबेका रिचर्ड न्गारावा र वेलिङ्टन मसाकाड्जाले १-१ विकेट लिए ।
त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको जिम्बाबे २२.५ ओभरमा ९६ रनमा अल आउट भयो । जिम्बाबेका ओपनर जोयलर्ड गुम्बी २९ र तकुड्वान्शे कैतिआयो १७ रनमा आउट भए ।
श्रीलंकाका वानिन्दु हसरंगाले ५.५ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ७ विकेट लिए ।
तीन खेलको सिरिजमा पहिलो खेल बर्षाको कारण रद्द हुँदा दोस्रो खेलमा २ विकेटले विजयी भएको थियो ।