३० असार २०८३, मंगलबार

माओवादीले धोखा दिएको कांग्रेसको निश्कर्ष, लोकतान्त्रिक शक्तिसंग तालमेल गर्ने

कात्तिक २०, २०७४
माओवादीले धोखा दिएको कांग्रेसको निश्कर्ष, लोकतान्त्रिक शक्तिसंग तालमेल गर्ने
काठमाडौं १७ असोज –प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले एमालेसँग चुनावी तालमेल गरेर माओवादी केन्द्रले धोखा दिएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार अपरान्ह बसेको बसेको कांग्रेस पदाधिकारी बैठकले माओवादीबाट धोखा भएको ठहर गरेको हो । कांग्रेसले प्रदेश र प्रतिनिधि सभा चुनावमा एकजुट भएर लाग्ने समेत निर्णय गरेको छ ।

सरकारमा बसेर विपक्षी पार्टीसँग गठबन्धन गर्ने माओवादी निर्णय अनैतिक भएको कांग्रेसको ठहर छ । कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतले वामपन्थी गठबन्धन अस्वभाविका भएको बताए ।

कांग्रेसले लोकतान्त्रिक शक्तिहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । कांग्रेसले विजयकुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरम, राजपा लगायत दलसंग चुनावी तालमेलको प्रयास गर्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्