३० असार २०८३, मंगलबार

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली​​​​

पुस २७, २०८०
काठमाडौं
कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली​​​​

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि कंगोमा रहेको नरसिंह दल गण (शान्ति सेना) को २९ औं डफ्फालाई बदली गर्न महावीर शौर्य गण (रेञ्जर) (शान्ति सेना)को टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रमुख सेनानी प्रेमप्रसाद पौडेलको नेतृत्वमा महावीर शौर्य गणको ३० औं डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्र चार्टर्ड उडान (इथियोपियन एयरलाइन्स) मार्फत पुस २७ गते काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेका नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार उक्त मिसनमा आफ्नो कार्यकाल पूरा गरेको नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फाको १८८ जना नेपाली शान्ति सैनिकहरूको टोली सेनानी कमल थापाको नेतृत्वमा आजै स्वदेश फर्किएको  छ ।

हाल कंगो मिसनमा नेपाली सेनाका १ हजार १५२ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

salt training

कमेन्ट गर्नुहोस्