२१ जेठ २०८३, बिहीबार

धनगढी र पोखरासहित विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना समातिए

पुस २७, २०८०
काठमाडौं
धनगढी र पोखरासहित विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना समातिए

धनगढी, पोखरा, विराटनगर, झापा र नवलपरासीमा लागुऔषधसहित आठजना समातिएका छन् । 

काठमाडौं चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब २० ग्रामसहित झापा कमल गाउँपालिका–१ सरणपाडाका २८ वर्षीय सन्देश पाठकलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । 

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौं आइरहेको बसलाई जाँच गर्ने क्रममा त्यसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १० ग्राम चार सय मिलीग्रामसहित दुई जनालाई बिहीवार राति पक्राउ गरिएको छ । गैरकानुनी गतिविधि गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० धुलाबारीका ४६ वर्षीय मोहन राजवंशी र उनकी श्रीमती ३६ वर्षीया दिलकुमारी छन् ।  

पोखरा महानगरपालिका–१३ सङ्गमटोलका  २३ वर्षीय सागर परियार, विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट २८ वर्षीय अशोक कार्की र नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका–१४ कोलटाँडीबाट रूपन्देही तिलोत्तमा नगरपालिका–२ का २८ वर्षीय रविसोम मगर र धनगढी उपमहानगरपालिका–१ कैलालीपुलबाट लागुऔषध ब्राउनसुगर एक ग्राम चार सय २० मिलीग्रामसहित दुई जनालाई गए राति पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्