२९ जेठ २०८३, शुक्रबार
आवागमन बढ्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आवागमन अहिलेसम्मकै उच्च, आन्तरिकतर्फ घट्यो

पुस २८, २०८०
काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आवागमन अहिलेसम्मकै उच्च, आन्तरिकतर्फ घट्यो
फाइल फोटो

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु आवागमन ३०.१८ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२३ मा ४५ लाख ४१ हजार १३७ जना यात्रुको आवागमन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार यो संख्या अहिलेसम्मकै उच्च हो । कोभिड महामारी शुरू हुनुभन्दा अगाडि २०१८ को भन्दा ४.५ प्रतिशतले वृद्धि भएको महाप्रबन्धक तिवारीले जानकारी दिए ।

उनका अनुसार अन्तर्राष्ट्रियतर्फ उडानको संख्या ३१ हजार ४६० रहेको छ । यो तथ्याङ्क गत वर्षको तुलनामा २९.४० प्रतिशतले बढी हो । तर कोभिड अगाडि सन् २०१८ को भन्दा १०.७६ ले कम रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

यस्तै, आन्तरिकतर्फ यात्रु आवागमन तथा उडान अवतरण घटेको छ भने कार्गो आवागमनमा गत वर्षको तुलनामा वृद्धि भएको छ ।

यात्रु आवागमन ४१ लाख ५० हजार ३२६ (गत वर्षको तुलनामा ७.०७ प्रतिशतले कमी), उडान अवतरण ९६ हजार ९८९ (गत वर्षको तुलनामा १०.३६ प्रतिशतले कम) रहेको छ । 

यस्तै, कार्गो आवागमन ३ हजार ४२६ दशमलव  ८६१ टन रहको छ।

यो संख्या गत वर्षको तुलनामा १०.८७ प्रतिशतले बढेको विमानस्थल कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्