३१ असार २०८३, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आवागमनमा कीर्तिमान

पुस २९, २०८०
काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आवागमनमा कीर्तिमान

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु आवागमन ३०.१८ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२३ मा ४५ लाख ४१ हजार १३७ जना यात्रुको आवागमन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार यो संख्या अहिलेसम्मकै उच्च हो । कोभिड महामारी शुरू हुनुभन्दा अगाडि २०१८ को भन्दा ४.५ प्रतिशतले वृद्धि भएको महाप्रबन्धक तिवारीले जानकारी दिए ।

उनका अनुसार अन्तर्राष्ट्रियतर्फ उडानको संख्या ३१ हजार ४६० रहेको छ । यो तथ्याङ्क गत वर्षको तुलनामा २९.४० प्रतिशतले बढी हो । तर कोभिड अगाडि सन् २०१८ को भन्दा १०.७६ ले कम रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्