१६ असार २०८३, मंगलबार

चीन हाम्रो नजिकको छिमेकी र विश्वासिलो मित्र हो : प्रधानमन्त्री प्रचण्ड

पुस २९, २०८०
काठमाडौं
चीन हाम्रो नजिकको छिमेकी र विश्वासिलो मित्र हो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताएका छन् ।

चिनियाँ नयाँ वर्षको आज काठमाडौंमा उद्‌घाटन गर्दै उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेको बताए ।

‘हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बुझेका छौं । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा  हाम्रो सम्बन्ध रहिआएको छ’, प्रधानमन्त्रीले भने ।

नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘यससम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट र दृढ छ । आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित हुँदैन ।’

आफ्नो चीन भ्रमणको बेला जारी भएको संयुक्त वक्तव्य पनि प्रधानमन्त्रीले स्मरण गरेका थिए । 'ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ । हामी फेरि भन्न चाहन्छौं हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं', उनले भने ।

चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने उनले स्पष्ट पारे ।

दुई देशको सभ्यता नदी र हिमशृङखलाले मात्र नजोडिएको भन्दै उनले यसमा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेका बताए ।

salt training

कमेन्ट गर्नुहोस्