२९ असार २०८३, सोमबार

इन्स्पेक्टर थापालाई सेवाबाट हटाउने तयारी, ७ दिने स्पष्टीकरण माग

माघ २, २०८०
काठमाडौं
इन्स्पेक्टर थापालाई सेवाबाट हटाउने तयारी, ७ दिने स्पष्टीकरण माग

सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुसान्त थापालाई विभागीय कारबाही गर्ने तयारी भएको छ । गत मंसिर २१ देखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गरी विभागीय कारबाहीको तयारी भएको हो । 
त्यसका लागि गृह मन्त्रालयले मंगलबार विभागीय कारबाही गर्नु नपर्ने भए कारणसहित ७ दिने स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ । 
सशस्त्र प्रहरी नियमावलीमा बिदा स्वीकृत नगराई १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा विभागीय कारबाहीको व्यवस्था छ । 
 

salt training

कमेन्ट गर्नुहोस्