३१ असार २०८३, बुधबार

मेसीलाई 'फिफा वेस्ट अवार्ड'

माघ २, २०८०
काठमाडौं
मेसीलाई 'फिफा वेस्ट अवार्ड'

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । सोमबार लन्डनमा भएको कार्यक्रममा म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पेलाई पछि पार्दै इन्टर मायामीका मेसीले अवार्ड जितेका हुन् । एमबाप्पे तेस्रो भए ।

सिटीका इडरसनले रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनोउलाई पछि पार्दै गोलकिपरको अवार्ड जितेका छन् ।

स्पेनी ऐटानाले बोनमटी फिफा वेस्ट २०२३ अवार्ड जितेका छिन् । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लन्डनमा पुरुष प्रशिक्षकको अवार्ड जितेका छन् ।

राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान, पत्रकार र फिफाको वेभसाइटमा प्रशंसकहरूबाट प्राप्त भोटको आधारमा अवार्डको विजेता घोषणा गरिन्छ। मेस्सी बालन डि’ओर का कीर्तिमानी ८ पटकका‌ विजेता हुन् ।

salt training

कमेन्ट गर्नुहोस्