३१ असार २०८३, बुधबार

नेपाल प्रहरी र सशस्त्रका उच्च अधिकारीहरूको मैत्रीपूर्ण फूटबल, दुवैतर्फबाट गोल हुन सकेन

माघ ४, २०८०
काठमाडौं
नेपाल प्रहरी र सशस्त्रका उच्च अधिकारीहरूको मैत्रीपूर्ण फूटबल, दुवैतर्फबाट गोल हुन सकेन

२३औं सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच भएको मैत्रीपूर्ण फूटबल प्रतियोगिता बराबरीमा टुंगिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा माघ ४ गते ३५ वर्षभन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतहरूको सहभागितामा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

प्रतियोगितामा सशस्त्र प्रहरीका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य टीम क्याप्टेन रहेका थिए ।

null

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल र प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले नेपाल प्रहरीको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गर्नुकासाथै महानिरीक्षक अर्यालले खेलमा सहभागी खेलाडी, प्रशिक्षक र टीम म्यानेजरलाई प्रशंसापत्र समेत प्रदान गरे ।

खेलमा प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल, प्रहरी नायब महानिरीक्षक केदार ढकाल लगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानहरूको उपस्थिति थियो ।
 

null

salt training

कमेन्ट गर्नुहोस्