३० जेठ २०८३, शनिबार

एएफसी एशिया कप फुटबलमा भारत उज्वेकिस्तानसँग स्तब्ध

माघ ५, २०८०
काठमाडौं
एएफसी एशिया कप फुटबलमा भारत उज्वेकिस्तानसँग स्तब्ध

 एएफसी एशिया कप फुटबलमा भारत उज्वेकिस्तानसँग स्तब्ध भएको छ । बिहीबार राति भएको खेलमा भारत उज्वेकिस्तानसँग ३–० गोल अन्तरले पराजित भएको हो । 
उज्वेकिस्तानले चौथो मिनेटमै अग्रता लिएको थियो । उसका लागि उब्बोस्बेक फेजुल्लेबले गोल गरेका थिए । इगोर सेरभेभले १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।
पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा शेरजोद नसरुल्लाएवले गोल गरेपछि उज्वेकिस्तान पहिलो हाफमै ३–० को सहज अवस्थामा पुगेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्