३० जेठ २०८३, शनिबार

इरान–पाकिस्तानबीचको सैन्य आक्रमणप्रति राष्ट्रसङ्घले भन्यो: तनाव थप बढ्न नदिन अधिकतम संयमता अपनाउनू

माघ ५, २०८०
काठमाडौं
इरान–पाकिस्तानबीचको सैन्य आक्रमणप्रति राष्ट्रसङ्घले भन्यो: तनाव थप बढ्न नदिन अधिकतम संयमता अपनाउनू

न्युयोर्क–संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीवार इरान र पाकिस्तानबीच भएका सैन्य आक्रमणको विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।  

महासचिव गुटेरेसले दुवै देशमा तनाव थप वृद्धि हुन नदिन अधिकतम संयमता अपनाउन आग्रह गरेको प्रवक्ता स्टेफन डुजारिकले उल्लेख गरेका छन् । 

महासचिव गुटेर्रेसले दुई देशबीचका सबै सुरक्षा चिन्ताहरूलाई सार्वभौमिकता, क्षेत्रीय अखण्डता र असल छिमेकी सम्बन्धका सिद्धान्त अनुसार शान्तिपूर्ण  संवाद र सहयोगको माध्यमबाट सम्बोधन गर्नुपर्ने विषयमा जोड दिएका छन् ।

मङ्गलवार पाकिस्तानको बलुचिस्तान प्रान्तका ‘आतङ्कवादी आधारहरू’मा इरानी आक्रमण भएपछि पाकिस्तानले बिहीबार बिहान आतङ्कवादी लुकेको इरान क्षेत्रमा आक्रमण गरेको बताएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्