२१ असार २०८३, आइतबार

दशैंमा देउतीको चर्चा

कात्तिक २०, २०७४
दशैंमा देउतीको चर्चा
deuti
काठमाडौँ, १८ असोज- सिन्धु इन्द्रावती परिवेशमा लेखिएको उपन्यास ‘देउती’माथि विमर्श गरिएको छ । बडादशैंको अवसर पारेर मेलम्ची नगरपालिका–४ पिप्लेमा बुधबार गरिएको विमर्शमा समीक्षकहरूले कृतिका औपन्यासिक चरित्र केलाएका हुन् ।
 
साहित्यकार रामेश्वर राउत मातृदासले सिन्धु–इन्द्रावती परिवेश रइन्द्रावतीको जीवनशैली प्रतिविम्बित हुने उपन्यास निस्कनु खुशीको कुरा भएको बताउँदै कृतिले नेपाली भाषा साहित्यमा महत्त्वपूर्ण टेवा पु¥याउने उल्लेख गरे।

उपन्यासको अन्तरवस्तुमाथि प्रकाश पार्दै साहित्यकार प्रेम भण्डारीले रुद्रराज पाण्डेकृत ‘रूपमती’देखि उपन्यास लेखनको आधुनिक काल सुरू भएको र देउती त्यसैको प्रतिछाँया भएको बताए ।

कार्यक्रममा कृतिका सर्जक अक्षर काका रामनाथ खनाललाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । लेखक अक्षर काकाले मुलुकमा ठूल्ठूला परिवर्तन भए पनि त्यसको असर समाजमा पुग्न नसेकेको र सिमान्तकृत तथा किनाराकृत समुदायको अवस्था ज्युँकात्युँ रहेकाले देउती लेख्नुपरेको बताएका थिए ।

जम्मा २ सय ४३ पृष्ठमा समेटिएको देउती सांग्रिला बुक्सले प्रकाशन गरेको हो । गत वैशाखमा विमोचित यो कृतिको दोस्रो संस्करण केही दिनअघि बजारमा आइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्