
पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले तत्काललाई बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति तत्काल कार्यान्वयन नर्गन अन्तरिम आदेश दिएको हो ।
पुनको योग्यता र अनुभवमा तादात्म्यता नदेखिएको भन्दै रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कोषको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्नु/नगराउनु आदेश दिएको हो ।
गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए । मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिएको हो । उनले नियुक्ति बदर गर्न माग गरेका थिए ।
पुस ४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको परिषद्को बैठकले पुनलाई निर्देशकमा नियुक्त गरेको थियो । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस १ गते सकिएको थियो ।
यस्तो छ आदेश

