
झुटो शैक्षिक विवरण पेस गरेर एमबीबीएस अध्ययन गरेका एकजना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।
पक्राउ परेका नक्कली डाक्टरको नाम भने खुलाइएको छैन ।
पक्राउ परेका नक्कली डाक्टरले त्रिवि शिक्षण अस्पताललगायत विभिन्न क्लिनिकमा काम गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।
उनलाई आजै दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।