०८ साउन २०८३, शुक्रबार

यति ब्रुअरीको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

माघ ८, २०८०
काठमाडौं
यति ब्रुअरीको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

यति ब्रुअरी लिमिटेडले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बुक बिल्डिङ्ग विधिमार्फत साधारण शेयर निष्कासन गर्नका लागि एनआईएमबी (लाजिम्पाट, काठमाडौं) लाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

उक्त शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआईएमबी एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको यति ब्रुअरी लिमिटेडको ब्रुअरी फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं. ४ चितवन जिल्लामा अवस्थित छ ।

यति ब्रुअरी लिमिटेडले हाल अर्ना, यति वाईबी, शिखर लगायत किंगफिसरजस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

उक्त सम्झौताअन्तर्गत एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा बुक बिल्डिङ्ग विधिमार्फत यति ब्रुअरी लिमिटेडको साधारण शेयरहरू सार्वजनिक निष्कासन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्यहरूमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्