२५ जेठ २०८३, सोमबार

पत्रकार सम्मेलनपछि मध्यराति रविको लामो स्टाटस- कमजोरी अनेकौं छन्, गल्ती नगर्ने प्रयास जारी छ

माघ ९, २०८०
काठमाडौं
पत्रकार सम्मेलनपछि मध्यराति रविको लामो स्टाटस- कमजोरी अनेकौं छन्, गल्ती नगर्ने प्रयास जारी छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सामान्य जीवनबाट आएको मान्छे भएकोले अनेकौं कमजोरी रहेको स्वीकारेका छन् । तर, गल्ती भने नगर्ने प्रयासमा आफू रहेको उनको भनाइ छ । 

सहकारी ठगी प्रकरणमा प्रस्टीकरण दिन सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेका रविले मध्येराति (११ बजे) फेरि स्टाटस लेख्दै लामो प्रष्टीकरण दिएका हुन् । 'एक सामान्य जीवनबाट आएको मान्छे कमजोरी अनेकौं छन् तर, गल्ती नगर्ने प्रयास जारी छ,' उनले लेखेका छन्, 'यसरी आफूमाथि प्रश्न उठ्दा कति नेता प्रेस र जनताको सामु उभिएका छन् होला ?'

बाँकी कुरा भने अधिकांश पत्रकार सम्मेलनमा भनेकै कुरा दोहोर्‍याएका छन् । 

ग्यालेक्सी टीभीमा रविको नामबाट शेयर खरिदका लागि रकम जम्मा भएको र रविले टेलिभिजन छाडेपछि उनको खातामा शेयर बिक्रीको रकम जम्मा भएको विवरण सार्वजनिक भएपछि रविले सोमबार पत्रकार सम्मेलन गरेका थिए ।

 

यो पनि पढ्नुहोस

salt training

कमेन्ट गर्नुहोस्