०२ साउन २०८३, शनिबार

नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

माघ ९, २०८०
काठमाडौं
नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

नेपाली सेनाले सङ्गठन स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्वीर र युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्वीर, हातहतियार र उपकरण राखिएको उक्त प्रदर्शनीको आज एक समारोहबीच उद्घाटन गरेका हुन् । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।

null

प्रदर्शनी अवलोकनबाट सैनिकसम्बन्धी पोसाक, ब्यान्ड, हवाई सेवा, घोडचढी, जङ्गल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी  प्राप्त हुनेछ ।

सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायत गतिविधि र श्रव्य दृश्य सामग्रीको समेत प्रदर्शनीमा समेटिएको छ ।

आमनागरिकलाई सेनासम्बन्धी विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित प्रदर्शनी अबलोकनका लागि यही माघ १३ गतेसम्म १० देखि अपरान्ह ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था छ ।

null

null

salt training

कमेन्ट गर्नुहोस्