०१ साउन २०८३, शुक्रबार

प्रधानन्यायाधीश श्रेष्ठ भारत प्रस्थान

माघ १३, २०८०
काठमाडौं
प्रधानन्यायाधीश श्रेष्ठ भारत प्रस्थान

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारत प्रस्थान गरेका छन् ।

भारतीय प्रधानन्यायाधीश डी.वाई. चन्द्रचूडको मैत्रीपूर्ण निमन्त्रणमा श्रेष्ठ नेतृत्वको भ्रमण टोली शनिवार नेपाल वायु सेवा निगमको विमानमार्फत भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको हो ।

भारतीय सर्वोच्च अदालत स्थापनाको ७५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको सर्वाेच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए ।

उनका अनुसार प्रधानन्यायाधीश श्रेष्ठसँगै उनकी धर्म पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल पनि उक्त समारोहमा सहभागी हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्