काठमाडौं, १९ असोज — जापानमा जन्मेर बेलायतमा बसोवास गरिरहेका काजुओ इशिगुरोले यस वर्षको नोबेल साहित्य पुरस्का जितेका छन् ।
‘संसारसँग हाम्रो सम्बन्धको भ्रमात्मक ज्ञानमुनिको शून्यता’ लाई आफ्नो लेखनीमार्फत उजागर गरेकोमा इशिगुरोलाई नोबेल पुरस्कार दिइएको स्विडिश एकेडमीले बिहीवार घोषणा गरेको छ ।
इशिगुरोले पुरस्कार रकमस्वरूप ११ लाख डलर पाउने भएका छन् ।
अघिल्लो वर्ष अमेरिकी गायक तथा गीतकार बब डिलनलाई पुरस्कार दिइएको भएपनि यस वर्ष साहित्यको मूलधारमा रहेर लेख्ने लेखकलाई पुरस्कार दिइएको हो ।
रोयटर्सबाट