३० असार २०८३, मंगलबार

भारतीय सैनिकलाई स्वस्थ राख्न नयाँ नियम: सबैले फिजिकल एसेसमेन्ट कार्ड तयार राख्नुपर्ने

माघ १५, २०८०
काठमाडौं
भारतीय सैनिकलाई स्वस्थ राख्न नयाँ नियम: सबैले फिजिकल एसेसमेन्ट कार्ड तयार राख्नुपर्ने

भारतीय सेनाले आफ्ना सैनिकलाई स्वस्थ राख्न नयाँ नियम बनाएको छ । सैनिकहरूको मोटोपना वा खराब जीवनशैली सुधार्न नयाँ नियम लागू गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

नयाँ मापदण्ड पूरा नगर्ने सैनिकलाई पहिलो सुधारका लागि ३० दिनको समय दिइने र असफल भएमा बिदा घटाउनेजस्ता कदम चाल्न सकिने समाचारमा उल्लेख छ । 

नयाँ नियम अनुसार प्रत्येक कर्मचारीले एपीएसी अर्थात् आर्मी फिजिकल फिटनेस एसेसमेन्ट कार्ड पनि तयार राख्नुपर्नेछ । इन्डियन एक्सप्रेसको रिपोर्टले स्रोतलाई उद्धृत गर्दै सबै कमाण्डहरूलाई पत्र पठाइएको जनाएको छ। नयाँ नीतिको उद्देश्य परीक्षा प्रक्रियामा समानता ल्याउने, शारीरिक अपाङ्गता वा मोटोपना र जीवनशैलीका कारण लाग्ने रोगसँग जुध्न रहेको बताइएको छ ।

नयाँ नियमअनुसार एकजना ब्रिगेडियर दर्जाका अधिकृतसहित दुई जना कर्नेल र एकजना मेडिकल अफिसरले प्रत्येक तीन महिनामा मूल्याङ्कन गर्नेछन् । बीपीईटी र पीपीटी बाहेक सिपाहीहरूले अन्य केही परीक्षणहरू पनि दिनुपर्नेछ। जसमा प्रत्येक ६ महिनामा १० किलोमिटर स्पीड मार्च र ३२ किमीको रुट मार्च समावेश छ।

यसका साथै ५० मिटर पौडीको परीक्षा पनि दिनुपर्नेछ । सबै सैनिकले आर्मी फिजिकल एसेसमेन्ट कार्ड तयार राख्नुपर्नेछ र परीक्षाको नतिजा पनि २४ घण्टाभित्र बुझाउनुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्