२२ जेठ २०८३, शुक्रबार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

माघ १५, २०८०
झापा
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ
फाइल फोटो

झापामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका ८ बस्ने १९ वर्षीय आयुष धिमाल छन् । उनलाई आइतवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धिमालले ती बालिकालाई मेचीनगर नगरपालिका - १२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिवार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।

सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्