१९ असार २०८३, शुक्रबार

अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको आरोपमा १ जना पक्राउ

माघ १५, २०८०
काठमाडौं
अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको आरोपमा १ जना पक्राउ

अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका २ घर भई काठमाडौं महानगरपालिका २० बस्ने ४० वर्षीया सरस्वती खड्का छिन् ।

प्रहरीका अनुसार खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोलेकी थिइन् ।

साथै उनले अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेकी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ​​​​

उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्