
गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी)लाई फिर्ता बोलाएको छ ।
गृह मन्त्रालयले सीडीओ राजेन्द्रदेव पाण्डे र एसपी टेकुनन्द इवा लिम्बुलाई आर्थिक कमजोरी देखिएको भन्दै फिर्ता बोलाएको हो ।
गृह मन्त्रालयले सीडीओलाई मन्त्रालयमा र एसपीलाई प्रधान कार्यालय तानेको गृह स्रोतले लोकान्तरलाई बतायो ।
‘आर्थिकरुपमा अमर्यादित देखिएपछि उहाँहरूलाई तानिएको हो,’ गृह स्रोतले लोकान्तरलाई भन्यो । उनीहरूलाई तान्ने निर्णय शुक्रवार भएको बताइएको छ ।