
देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।