
जिम्बाब्वेमा आइतबारको उपनिर्वाचनको परिणाम सार्वजनिक भएपछि सत्तारूढ जेएएनयु–पिएफले अब संसद्मा दुई तिहाई बहुमत हासिल गरेको छ । निर्वाचन परिणामपछि सत्तारूढ दलले संविधानमा संशोधन गर्न र राष्ट्रपति एमर्सन मनाङ्गाग्वाको नियन्त्रणलाई लम्ब्याउन सक्छ ।
विपक्षीले जालसाँजीका रूपमा आलोचना गरेको अनौठो राजनीतिक चालबाजीपछि शनिबार भएको छ निर्वाचन क्षेत्रको निर्वाचनमा जेएएनयु–पिएफले क्लिन स्विप हासिल गरेको छ । ती निर्वाचन क्षेत्रमा विपक्षी पार्टीका छ जना सांसद बर्खास्त भएका थिए ।
जिम्बाब्वे निर्वाचन आयोगका अध्यक्ष रोडनी किवाले भने, “निर्वाचन राम्रोसँग भयो, जेएएनयु–फिएफले सबै छ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ, म त्यो स्थिति पुष्टि गर्दछु ।”
राजनीतिक सङ्कट सुरु भएपछि संसदीय उपनिर्वाचन भएको यो दोस्रो पटक हो । यसबाट विपक्षी लडखडाएको छ र अब ८१ वर्षीय राष्ट्रपति मनाङ्गाग्वाको नियन्त्रण मजबुत हुन सक्छ । जेएएनयु–फिएफले अब कूल दुई सय ८० मध्ये एक सय ९० सिट र दुई खाली भएकामा राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउन र मनाङ्गाग्वालाई पुन निर्वाचनमा उम्मेदवारी दिन आफ्नो भारी बहुमतको अत्यधिक प्रयोग गर्न सक्ने चेतावनी विश्लेषक र विपक्षी कार्यकर्ताहरूले दिएका छन् ।