
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामविरुद्ध सहज जीत दर्ता गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले ३-० को जीत दर्ता गरेको हो ।
युनाइटेडको जितमा अलेहान्द्रो गार्नाचोले २ गोल गर्दा रास्मस होईलन्डले १ गोल गरे । होईलन्डले २३औं मिनेटमा गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।
गार्नाचोले ४९औं मिनेटमा अग्रता दोब्बर बनाए । ८४औं मिनेटमा गार्नाचोले नै व्यक्तिगत दोस्रो गोल गर्दै जीत सुनिश्चित गरे ।
जितपछि युनाइटेड २३ खेलमा ३८ अंकसहित वेस्ट ह्यामभन्दा माथि छैटौं स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम समान २३ खेलमा ३६ अंक सहित सातौं स्थानमा छ ।