![रसिया-युक्रेन युद्ध रोक्न माग गर्दै बालुवाटारअगाडि शान्ति सेवा समाजको प्रदर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/manav_adhikari_5_KttGBku7e3.jpg)
मानव अधिकार तथा शान्ति सेवा समाजले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ । नेपालीलाई रूसी सेनामा भर्ती हुन र युद्धमा जान रोक्न माग गर्दै शान्ति सेवा समाजले सोमबार बिहान बालुवाटारअगाडि प्रदर्शन गरेको हो ।

उनीहरूले रूस-युक्रेन युद्ध रोक्नसमेत माग गरेका छन् । 'युक्रेनमाथिको आक्रमण बन्द गर, युद्धको कहालीलाग्दो अवस्था अन्त्य गर्' लगायत लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।






