०१ साउन २०८३, शुक्रबार

मलंगवा जीप दुर्घटना: कार्यालय सहयोगीको मृत्यु, नापी प्रमुखसहित १० जना घाइतेको उपचार हुँदै

माघ २३, २०८०
काठमाडौं
मलंगवा जीप दुर्घटना: कार्यालय सहयोगीको मृत्यु, नापी प्रमुखसहित १० जना घाइतेको उपचार हुँदै

सर्लाहीको मलंगवामा सोमबार भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला नापी कार्यालय सर्लाहीका कार्यालय सहयोगी विनोद घिमिरे रहेका छन् । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–११ मा सोमबार साँझ ट्याक्टर र जीप एकापसमा ठोक्किएर दुर्घटना भएको हो । ज २ च १०६४ नम्बरको ट्याक्टर र भारतीय नम्बर प्लेटको  जीप एकाआसपमा ठोक्किएर दुर्घटना भएको थियो । 

दुर्घटनामा जिल्ला नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसिहत १० जना पनि घाइते भएका छन् । उनीहरूको मधेशकै विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्