०३ असार २०८३, बुधबार

सहायक सेनानीमा बढुवा भएकाहरूलाई दर्ज्यानी चिन्ह प्रदान

माघ २३, २०८०
काठमाडौं
सहायक सेनानीमा बढुवा भएकाहरूलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुवेदार र सुवेदारहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।​

मंगलवार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति शर्माले साधारण सेवातर्फ रिक्त पदमा बढुवा भएकाहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ति गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवामार्फत गर्नुपर्ने व्यवस्था छ ।​

null

सोही अनुसार बढुवा भएका प्रमुख सुवेदार/सुवेदार ३२ जना मध्ये विभिन्न संयुक्त राष्ट्र संघीय मिसन (शान्ति सेना)मा खटिएका ९ जनाबाहेक २३ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

उक्त अवसरमा प्रधानसेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देलले पनि पदोन्नति भएकाहरूलाई सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

समारोहमा रथीवृन्द, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारको उपस्थिति थियो ।

लामो समय सेनामा रहेर योगदान पुर्‍याएका एवं अनुभवी पदिकहरूको अधिकृत दर्जामा बढुवाको व्यवस्थाले आन्तरिक वृत्ति विकासमा राम्रो अवसर सृजना गरेको सेनाले जनाएको छ ।

nullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्