×

NMB BANK
NIC ASIA

कोशी अस्पतालमा मनपरीः आफन्तलाई जागिर खुवाउन दरबन्दी लुकाएर कर्मचारीको आह्वान

अख्तियारको छानबिन शुरू

विराटनगर | माघ २३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगरको कोशी अस्पतालमा कर्मचारी नियुक्तिमा अस्पताल विकास समितिले मनपरी गरेको खुलेको छ । स्वास्थ्य मन्त्रालयबाट स्वीकृत दरबन्दीलाई लुकाएर कर्मचारीका लागि सूचनाको आव्हान गर्दै मनपरी गरिएको हो । विकास समिति र मेसु मिलेर जथाभाबी मापदण्ड बनाएर आफूअनुकूल विभिन्न पदका ५० जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरिएको अस्पतालका एक कर्मचारीले बताए ।

Muktinath Bank

आफूनिकटका व्यक्तिलाई कर्मचारीमा नियुक्ति दिन समितिका अध्यक्ष डा फरवार्ड सिलवाल र मेसु डा चन्द्रभाल झाबीच मिलेमतो रहेको कर्मचारीहरू बताउँछन् । यसअघि अस्पतालले माघ ४ गतेको मिति राखेर २१ दिनको म्याद दिँदै तीन महिने सेवा करार रहनेगरी भर्नाका लागि विज्ञापनमार्फत दरखास्त आह्वान गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसमा मेडिकल अधिकृत, नर्सिङ अधिकृत, बायो मेडिकल टेक्निसियन, स्टाफ नर्स र फार्मेसी सहायक माग गरिएको छ । खुला विज्ञापन गरिएको पदमा तल्लो तहलाई लिखित र अन्तरर्वार्ता दुवै परीक्षा लिने व्यवस्था रहेकोमा माथिल्लो तहलाई अन्तरर्वार्ताका आधारमा नियुक्तिको तयारी गरिएको छ । मन्त्रालयबाट अस्पताल विकास समितिका लागि ८७ जनाको दरबन्दी स्वीकृत भए पनि ५० का लागि मात्रै दरखास्त आह्वान गरिएको छ ।


Advertisment
Nabil box
Kumari

स्वीकृत दरबन्दीअनुसार ३८ जनाको विज्ञापन भने लुकाइएको छ । परीक्षा नै नगरी अस्पताल विकास समितिले यसअघि करारमा कर्मचारी भर्नासमेत गरिसकेको एक कर्मचारीले जानकारी दिए । जसमा गोविन्द मिश्र र विनोद राजभरलाई करारमा नियुक्त गरिसकिएको छ । मिश्रलाई आठौँ तहका बायो मेडिकल इन्जिनियर र राजभरलाई आठौँ तहकै आईटी इन्जिनियरमा नियुक्त गरिएको हो ।

Vianet communication
Laxmi Bank

यस्तै हलुका सवारी चालकमा कमलप्रसाद दाहाललाई नियुक्त गरिएको छ । पुष २२ गते बसेको अस्पताल विकास समितिको बैठकबाट उनीहरूलाई नियुक्त गरिएको हो । 

सवाल उठ्ने विषय त यो छ आठौँ तहको बायो मेडिकल र आईटी इन्जिनियरको भर्नाका लागि अस्पतालले विज्ञापन नै गरेको थिएन । स्वास्थ्य उपकरण लगायतका सामग्री खरिद् र मर्मत प्रक्रियासँग जोडिने भएकाले अस्पताललाई बायो मेडिकल इन्जिनियर आफूनिकटको राख्न अध्यक्ष र मेसु सहमत भएको कर्मचारीहरू बताउँछन् ।

यसरी अस्पतालमा बेथिति बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । अख्तियारको इटहरी कार्यालयले छानबिन थालेको हो । अस्पताल प्रशासन सञ्चालक समिति समेतको मिलेमतोमा मूल्यांकन र टेन्डर नगरीकन सरकारी भवनहरू भत्काएपछि अख्तियारले छानबिन  थालेको बताइएको छ । मूल्यांकन र टेन्डर नगरीकन सरकारी भवनहरू भत्काइएको हो । चिकित्सक र कर्मचारीलाई आवासका लागि उपलब्ध गराइएका ६ वटा भवन भत्काउनसमेत अध्यक्ष डा फरवार्ड सिलवालकै डोजर प्रयोग भएको थियो ।

यता अस्पताल विकास समितिका अध्यक्ष सिलवालले भने दुई कर्मचारीलाई आपतकालीन  अवस्थामा राखिएको बताएका छन् । ‘दुवैजना ज्यालादारीमा गर्दै हुनुहुन्थ्यो,’ उनले भने ‘शनिवार काम गरेको ज्याला पनि नपाएपछि तुरुन्त आवश्यकतासमेत परेकाले निर्णय गरेर कर्मचारी राखेका हौँ । हाम्रो कुनै गलत मनसाय छैन ।’  उनले दरबन्दी नलुकाइएको पनि दाबी गरेका छन् । अस्पताल विकास समितिले तलब खुवाउन पुग्नेगरी मात्रै विज्ञापन गरिएको उनले बताए । थप स्रोतको व्यवस्थापन भएपछि अन्य सूचना निकाल्ने उनले जानकारी दिए । 

कोशी अस्पताल विकास समितिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) रहेका छन् । सिलवाल विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) नागेश कोइरालाका साथी हुन् । उनकै जोडवालमा उनी अध्यक्ष भएका थिए । कांग्रेसका अन्य दुई सदस्यमा हरि भट्टराई र डा ज्योति कार्की रहेका छन् । कार्की कोशी अस्पतालमै कार्यरत छाला रोग विशेषज्ञ हुन् । माओवादी केन्द्रका भने किशोर पाण्डे सदस्य रहेका छन्  । 

दरबन्दी लुकाएर कर्मचारी सूचना प्रकाशन गरेपछि केही दलका नेताहरूले त्यसको विरोध गरेका छन् । कोशी अस्पताललाई पार्टी कार्यालय बनाए जसरी सञ्चालन गर्न खोजिएको नेकपा (एकीकृत समाजवादी), मोरङका नेता वासिम आलम आरोप लगाए ।

‘हाम्रो दल एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलसँग मिलेर संयुक्त विज्ञप्ति निकाल्ने तयारीमा छ,’ उनले भने, ‘सुधार नगरिए आन्दोलन गर्छाैँ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x