०४ असार २०८३, बिहीबार

विवाह गर्ने प्रलोभन देखाएर १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

माघ २४, २०८०
काठमाडौं
विवाह गर्ने प्रलोभन देखाएर १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

दाङमा एक १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना किशोर पक्राउ परेका छन् ।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ बस्ने १६ वर्षकै किशोर रहेका छन । 

ती किशोरीलाई ललाई फकाई गरी विवाह गर्छु भनी आफ्नो घरमा समेत राखेर जबरजस्ती करणी गरेको र सोही कारण गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्