
क्यानडाविरुद्धको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।
टस जितेर ब्याटिङ रोजेको नेपालका लागि भुर्तेतलले ४४ बलमा अर्धशतक पूरा गरेका हुन् ।
यस क्रममा उनले १ छक्का र ८ चौका प्रहार गरे । यसअघि आशिफ शेख ८ रन बनाएर आउट भएका थिए । अहिले रोहित पौडेल पनि आउट भएका छन् ।
नेपालले १४ ओभरमा ७० रन कटाउँदा दुई विकेट गुमाएको छ ।
आजको खेलमा स्पीनर सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । देव खनाल, हेमन्त धामी, आकाश चन्द्र र अनिल साह बेन्चमा छन् ।
सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो ।