०९ असार २०८३, मंगलबार

प्रतिकूल बकपत्र गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा दायर​​​

माघ २६, २०८०
काठमाडौं
प्रतिकूल बकपत्र गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा दायर​​​

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गर्ने एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर​​​ गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैया, सिराहाका प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवार प्रतिवादी रहेको मुद्दामा प्रतिकूल बकपत्र गर्नेविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सरकारी साक्षीको रुपमा पेश गरिएका परिवर्तित नाम मिर्चैया १(२०८०) ले आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकूल हुने गरी बकपत्र गरेपछि उनीविरुद्ध नै मुद्दा दायर गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्