०२ साउन २०८३, शनिबार

मुख्यमन्त्री कार्कीको प्रश्न : व्यक्तिगत लाभ नहुँदा सरकारले काम गरेन भन्न मिल्छ ?

माघ २७, २०८०
विराटनगर
मुख्यमन्त्री कार्कीको प्रश्न : व्यक्तिगत लाभ नहुँदा सरकारले काम गरेन भन्न मिल्छ ?

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले व्यक्तिगत लाभ प्राप्त गर्न नसक्नेहरूले काम गरेन भन्दै सरकारको बिरोध गरिरहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाज कोशीको दोस्रो प्रदेश अधिवेशनको धरानमा शनिबार उद्घाटनपछि उनले देश र प्रदेशभरि सडक सञ्जाल निर्माण, अमेरिका बस्ने छोराछोरीहरूसँग घर बसेरै प्रत्यक्ष संवाद, टोलहरू सहरमा परिणत भइरहेको, बिहान र बेलुकाको छाँक टार्न धौ धौ भइरहेकाको छोराछोरी गाउँबाट सहरमा, टुकीको उज्यालोमा बस्ने विजुली बत्तीमा बसेको, काठमाडौंका साथै यूरोपमा पढन पाएको अवस्थामा पुग्दा पनि विकास भएन भन्न मिल्छ भन्दै प्रश्न गरेका हुन् ।

‘राजनीतिक नियूक्ति नपाउँदा र सरकारमा आफ्नो अनुहार नदेखेपछि विकास भएन भन्न मिल्छ ? विकासलाई व्यक्तिको स्वार्थसँग जोडेर हेर्न मिल्छ ?,’ मुख्यमन्त्री कार्कीले भने, ‘आम नागरिकको विकास भएकै छ । समग्र समाजलाई फाइदा पुग्ने विकासीय काम भएकै छ र भई नै रहेको छ । कोशी प्रदेश सरकारले सडकमा दौडिरहेको विकासलाई घर हुँदै गर्भसम्म नै पु¥याएको छ अनि पनि विकास भएन भन्न मिल्छ ?’ कोशी प्रदेश सरकारले प्रदेशवासीलाई कसरी सरकारको कामले छुन्छ भनेर फरक तरिकाले अघि बढेको उनले बताएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्