०५ असार २०८३, शुक्रबार

इमाडोलमा २ बच्चा र आमाको मृत्यु घटना रहस्यमय

माघ २८, २०८०
काठमाडौं
इमाडोलमा २ बच्चा र आमाको मृत्यु घटना रहस्यमय

ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा एकै परिवारका तीन जनाको मृत्यु भएको घटना रहस्यमै रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको जानकारी दिए ।

इमाडोलको ओचुहाइटकी रविना महर्जन र उनका दुई सन्तानको शनिवार राति मृत्यु भएको थियो । 

प्रहरीका अनुसार रविना घरको तीन तलाबाट झरेको अवस्थामा भेटिएकी थिइन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा ललितपुरकै किस्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालले जानकारी दिए ।

यस्तै घरकै कोठामा उनका ६ वर्षीय छोरा र दुई वर्षीया छोरी अचेत अवस्थामा भेटिएका थिए । उनीहरूलाई पनि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्