×

NMB BANK
NIC ASIA

बादीका भीरको सडक ढलान भएपछि...

काठमाडाैं | माघ २८, २०८०

NTC
Premier Steels

बेनी–धवलागिरि गाउँपालिका–७ बादीकाको भीरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो । स्थानीयको चन्दा संकलन गरी डोजर  प्रयोगबाट १३ वर्षअघि अक्करे पहाडमा ट्रयाक खोलिएको थियो । अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भिरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका छन् ।

Muktinath Bank

धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी आवतजावत गर्न प्रयोग हुने दरबाङ–धारापानी सडकखण्डको बादीकाको भिरमा सडक ढलान र नाली निर्माणसहित स्तरोन्नति भएपछि धारापानीवासीले नाचगान गरेर खुसीयाली मनाएका छन् । धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकखण्डअन्तर्गत दरवाङबाट धारापानीसम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएपछि शनिबार उद्घाटन गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दरबाङबाट धारापानीसम्मको करिब सात किलोमिटर सडकलाई ग्राभेल, नाली निर्माण, ढलान र ग्रेड सुधार गरेर स्तरोन्नति गरिएपछि स्थानीयवासीले गाउँमा नाचगान गरेर खुसीयाली मनाएको स्थानीय रिमप्रकाश थापाले बताए । ‘बाँदर दगुर्ने भिरमा अहिले मोटर गुड्ने सडक बनेको छ, एक दशक बढी समयदेखि जीर्ण र जोखिमपूर्ण तवरले सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता अहिले हटेको छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

विसं २०६७ मा जिल्ला विकास समितिको रु २० लाख र सांसद विकास कोषबाट रु आठ लाख ५० हजारसहित स्थानीयवासीको चन्दा सङ्कलनबाट रु एक करोड ९२ लाख रकम जुटाएर दरवाङबाट सिवाङसम्मको सडकको ट्रयाक निर्माण भएको थियो । समुदायको चन्दा र सहयोगबाट निर्माण भएको सडक सरकारी तवरबाट ढलान र ग्राभेलसहित स्तरोन्नति भएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।

Vianet communication

null

गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत कार्यान्वयन गरेको यस सडक आयोजनाअन्तर्गत रु १४ करोड ३८ लाख ६७ हजार एक सय ७६ मा धुलिखेल ब्राइट कुँवर जेभीसँग सडक स्तरोन्नति गर्न २०७६ चैत ४ गते वहुवर्षीय ठेक्का सम्झौता गरेको थियो । 

सडकको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गरेका छन् । उनले विकासको आधारभूत पूर्वाधार नै सडक भएकाले सडक स्तरीय भएसँगै धवलागिरि गाउँपालिकाका अधिकांश नागरिकले सहज र सुरक्षित यात्रा गर्न सुविधा पाउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति हुँदा समग्र गाउँपालिकाको विकासमा नयाँ आयाम थपिएको बताउँदै थप कार्यान्वयन हुने योजनालाई समेत निर्धारित समयमै कार्यान्वयन गराउनुपर्नेमा जोड दिए ।

बेनी–दरबाङ–धारापानी–मुना लुलाङ गुर्जा ढोरपाटन सडक योजनाअन्तर्गत दरबाङ–धारापानी खण्डको सडक फराकिलो, साँघुरा घुम्तीलाई चौडा, ढलान, नाली निर्माण, ग्याबियन जाली लगाउने, कल्भर्ट निर्माण, कजवे निर्माण, टेवा पर्खाल गरी सात मिटर चौडाइमा सडक ग्राभेल गरिएको भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर अर्जुन शर्माले जानकारी दिए ।

निर्माण कम्पनीका प्रतिनिधि प्रधुम्न कुँवरले कोरोनाका कारण समयमा काम सम्पन्न गर्न समस्या भए पनि पुनः थपिएको म्यादभित्र सडक स्तरोन्नतिका काम सम्पन्न गरेकोे बताए । सडक स्तरोन्नति भएपछि साँघुरो, उकालो र जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । -रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x