२७ जेठ २०८३, बुधबार
माओवादी केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक

माओवादीमा इन्चार्जहरूको ब्रिफिङ : कार्यकर्ता जुर्मुराएका छन्, तर सरकारको कामले उत्साही छैनन्

माघ २८, २०८०
काठमाडौं
माओवादीमा इन्चार्जहरूको ब्रिफिङ : कार्यकर्ता जुर्मुराएका छन्, तर सरकारको कामले उत्साही छैनन्

नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्जहरूले सरकारको कामबाट पार्टी पंक्ति र जनता धेरै उत्साही नभएको बिफ्रिङ गरेका छन् ।

आइतवारदेखि काठमाडौंमा शुरू केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकमा प्रदेश इन्चार्जहरूले सरकारको कामले जनता उत्साही हुन नसकेको बताएका हुन् ।

‘पार्टीले सञ्चालन गरेको अभियानले कार्यकर्ता जुर्मुराएका छन्, पार्टीमा रहेको अन्योलतामा आइसब्रेक गरेको छ, पार्टीप्रति जनतामा आशा र भरोसा बढेको छ’, इन्चार्जहरूको ब्रिफिङबारे केन्द्रीय सदस्य रामकुमार शर्माले भने ।

पार्टीको नेतृत्वमा सरकार रहेको समयमा पनि जनता र कार्यकर्ताले सरकारको कामबाट उत्साही हुन नसकेको रिपोर्टिङ इन्चार्जहरूले गरेका छन् ।

‘सरकारको काम कारबाहीले पार्टी पंक्तिलाई त्यति उत्साहित गर्न सकेको छैन, जति हुनुपपर्थ्यो। भ्रष्टाचारविरुद्धका अभियान शुरू गर्ने र निष्कर्षमा पुर्‍याउन नसकेको गुनासो रहेको इन्चार्जहरूको विश्लेषण छ’ अर्का एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।​​

आइतवार बागमती प्रदेशबाट जनार्दन शर्मा, वर्षमान, पुन, गिरिराजमणि पोखरेल तथा मधेशबाट लीलामणि पोखरेल र गण्डकी बाट देवेन्द्र पौडेलले रिर्पोटिङ सकेका छन् । माओवादीले सञ्चालन गरेको ‘जनतासँग माओवादी’ अभियानको प्रभावबारे रिपोर्टिङ भइरहेको छ । 

विधान सम्मेलनको तयारी स्वरूप माओवादीले केन्द्रीय समिति बैठक राखेको हो । इन्चार्जहरूको ब्रिफिङ पछिमात्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्