२९ असार २०८३, सोमबार

बाग्मतीसहित ६ प्रदेशमा हल्का वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात हुने

फागुन २, २०८०
काठमाडौं
बाग्मतीसहित ६ प्रदेशमा हल्का वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात हुने

हाल देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज राति कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

कोशी,  बागमती र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
 

कमेन्ट गर्नुहोस्